नेपालले किनेको कोरोनाको खोपको पहिलो खेप आइतबार आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2021 | 08:20:22 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट कोभिडबिरुद्धको थप १० लाख डोज खोप आइतबार नेपाल आइपुग्ने भएको छ। शनिबार विराटनगरमा आयोजित पार्टीको जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले यस बिषयमा जानकारी दिएका हुन्।   

प्रधानमन्त्रीकाअनुसार किनेर ल्याउने खोपको पहिलो खेप आइतबार काठमाडौं ल्याउन लागिएको हो। भारतको सिरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप ४ डलरको मूल्यमा खरिद गर्ने सम्झौता भएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसअघि नै सार्वजनिक गरिसकेका छन्। 

यसअघि भारतले सहायता स्वरूप १० लाख डोज खोप नेपाललाई दिईसकेको छ। उक्त खोप सुरुमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई लगाइएको थियो। त्यसयता सरकारी कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी लगायतलाई समेत कोभिडबिरुद्धको खोप लगाईसकिएको छ।

यसअघि पनि भारतबाट १० लाख डोज खोप आइसकेको छ । ‘भोलि फेरि १० लाख मात्राको खोप किनेर भारतबाट ल्याउँदैछौं । केही दिनपछि चीनबाट ल्याउनेछौं र केही दिनपछि फेरि भारतबाट ल्याउँदैछौं’ ओलीले भने ।

सरकारले फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई खोप लगाउने घोषणा गरिसकेको छ। लगत्तै अन्तर्राष्ट्रिय खोप सहायता सञ्जाल कोभ्याक्समार्फत पनि साढे २२ लाख डोज सहायतास्वरुप आउने बताइएको छ ।

भारत र कोभ्याक्स सुविधामार्फत अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनेका कम्पनीद्वारा विकसित कोभिसिल्ड खोप ल्याउन लागिएको हो । सरकारले चीनको सिनोफार्मले विकास गरेको खोपलाई पनि आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ। यद्दपी डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघ ले भारतमा निर्मित कोभिड बिरुद्धको खोपलाई प्राथमिकता दिनुपर्ने बताएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved