उपप्रधानमन्त्रीको निर्णयले अक्सिजन अभाव भएको निष्कर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 11:25:07 AM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) आफ्नै निर्णय फिर्ता लिन बाध्य भएको छ । अक्सिजनको वितरणमा लागू गरिएको कोटा प्रणाली अवैज्ञानिक भएको आलोचना भएपछि सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेल आफ्नो निर्णयबाट ‘ब्याक’ भएका हुन् । 

हचुवाको निर्णय

कोटा सिस्टम लागु गरिएपछि अस्पतालले आफूहरुले ल्याउँदै आएको उद्योगबाट अक्सिजन ल्याउन पाएनन् । अध्ययन बिना नै अक्स्जिनको वितरणमा कोटा प्रणाली लागू गर्दा बचाउन सकिने कोभिड संक्रमितलाई बचाउन नसकिएको भन्दै उपप्रधानमन्त्रीको आलोचना भयो । 

‘कोटा तोकेर झन साह्रो समस्या बनाईदिएको छ, हरेक अस्पतालले कोभिडका बिरामी भर्ना गरेका छन्, हरेक अस्पताललाई अक्सिजन चाहिएको छ । सीसीएमसी भन्ने काम नगर्ने संयन्त्र बनाएको छ, कोठामा बसेर निर्णय गर्छ’ नर्भिकका कार्यकारी निर्देशक राजेन्द्र सिंह भन्छन् ।

निजी अस्पताल मात्रै सरकारी अस्पतालका चिकित्सहरुले पनि उपप्रधानमन्त्रीको उक्त निर्णयको आलोचना गरे । चिकित्सकहरुले नै आलोचना गरेपछि उपप्रधानमन्त्री पोखरेल निर्णय उल्ट्याउन बाध्य भएका हुन् ।

कोटा प्रणालीले अभाव भएको निष्कर्ष

आफ्नै नेतृत्वको सीसीएमसीले लागू गरेको कोटा प्रणालीले अस्पतालहरुमा अक्सिजनको अभाव भएको निष्कर्ष निकाल्दै उपप्रधानमन्त्री पोखरेलले कोटा प्रणाली खारेज गरिदिएका छन् । कोटा प्रणाली लागू गर्ने निर्णय खारेज गर्दै अस्पतालहरुले पहिला जसरी अक्सिजन ल्याउँदै आएका थिए, त्यसैगरी ल्याउन पाउने व्यवस्था गरिएको छ । 

कोटा सिस्टम हटेपछि अहिले अस्पतालमा अक्सिजन अभाव न्युनिकरण हुँदै गएको छ ।

चीनबाट र खाडीका देशमा रहेका नेपालीहरुले संकलन गरेर पठाएका अक्सिजन सिलिण्डर आईपुगेपछि अक्सिजनको अभाव नहुने आशा पलाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved