काठमाडौँका ६ सहित देशभरका २७ अस्पतालमा हुन्छ अक्सिजन उत्पादन (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2021 | 11:52:04 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको दोस्रो लहर खतरनाक रहेको भन्दै स्वास्थ्यकर्मीहरुले सचेत गराईरहेका बेला मूलुकका अक्सिजन अभावको खबरले अर्को त्रास सिर्जना गर्यो । ठूला र अन्तराष्ट्रिय स्तरका भनिएका अस्पतालहरुले नै कोरोना संक्रमितको उपचार गर्न नसकिने भन्दै भर्ना नै नलिने सम्मको अवस्था देखियो । 

त्यसपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अक्सिजन उद्योगको क्षमता र कुन कुन अस्पतालले आफैँ अक्सिजन उत्पादन गरिरहेका छन् भन्ने अध्ययन थाल्यो । अध्ययनका क्रममा काठमाडौँ उपत्यकाका ठूला भनिएका अस्पतालहरुले नै अक्सिजन उत्पादन नगर्ने पाईएको छ ।

अन्तराष्ट्रिय मापदण्डका भनिने ठूला निजी अस्पतालले अक्सिजन नै उत्पादन नगर्ने गरेको भेटिएको छ । यस विषयमा नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह अन्तराष्ट्रिय स्तरको अस्पताल हुनका लागि तोकिएको मापदण्डमा आफ्नै अक्सिजन प्लान्ट हुनुपर्ने नलेखिएको बताउँछन् । तर, ओम अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्की भने ‘हस्पिटल इन्टरनेशनल स्ट्याण्डर्ड’ को हुन आफ्नै अक्सिजन प्लान्ट हुनुपर्ने बताउँछन् ।

उपत्यकाका ६ अस्पतालले अक्सिजन उत्पादन गर्छन

काठमाडौँ उपत्यका भित्र ५ वटा अस्पतालले मात्रै आफैँ अक्सिजन उत्पादन गर्दै आएको पाईएको छ । यसमध्ये वीरेन्द्र सैनिक अस्पताल नेपाली सेनाले सञ्चालन गरेको अस्पताल हो भने परोपकार प्रसूति गृह र त्रिभुव शिक्षण अस्पताल महाराजगंज सरकारी अस्पताल हो ।

बाँकी नेशनल मेडिकल कलेज, सिभिल अस्पताल काठमाडौँका निजी अस्पताल हुन्, जसले आफैँ अक्सिजन उत्पादन गर्दै आएका छन् । ललितपूरको अल्का अस्पतालले पनि आफैँ अक्सिजन उत्पादन गर्दै आएको छ । 

यो पनिः
अक्सिजन सिलिण्डरमा राजनीतिः डाक्टरको स्टाटसले स्वास्थ्यमन्त्री र गृह सचिवबीच टसल

थापाथलीस्थित नर्भिक अस्पतालले दैनिक ३८ सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको बताएपनि सरकारी तथ्यांकमा यो उल्लेख छैन ।

काठमाडौँ बाहिर २१ अस्पताल

काठमाडौँ बाहिर २१ अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्दै आएका छन् । झापादेखि डडेलधुरा सम्मका यी अस्पताल आफैँले केही मात्रामा भएपनि अक्सिजन उत्पादन गर्दै आएका छन् । यीमध्ये केही सरकारी र केही निजी अस्पताल छन् । 

झापाको बी एण्ड सी अस्पताल, मोरङको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशलिटी अस्पताल, धनकुटाको धनकुटा अस्पताल, बिराटनगरको नोबेल अस्पताल, भरतपूरको भरतपूर अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्दै आएका छन् ।

त्रिशुली अस्पताल, धादिङ अस्पताल, चितवन मेडिकल कलेज, धुलिखेल अस्पताल बागमती प्रदेशका आफैँ अक्सिजन उत्पादन गर्ने अस्पताल हुन् ।

गण्डकी प्रदेशमा धवलागिरी अस्पताल बागलुङ, मणिपाल हस्पिटल पोखरा, गण्डकी हस्पिटल पोखरा, फेवासिटी हस्पिटल पोखरा, फिस्टेल हस्पिटल पोखराले आफैँ अक्सिजन उत्पादन गर्छन् ।

यसअघिः
कुन उद्योगबाट दैनिक कति सिलिण्डर अक्सिजन उत्पादन भईरहेको छ ? (सूचीसहित)

नेपालगञ्ज मेडिकल कलेज (कोहलपूर), लुम्बिनी मेडिकल कलेज (पाल्पा), युनिभर्सल मेडिकल कलेज (भैरहवा), कर्णाली हेल्थ साइन्स इन्सिच्युट (जुम्ला), डडेलधुरा हस्पिटल (डडेलधुरा), सेती प्रदेश अस्पताल (कैलाली) र महाकाली अस्पताल (कञ्चनपूर) ले आफैँ अक्सिजन उत्पादन गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved