रेडक्रसद्वारा ९० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2021 | 04:53:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहजीकरणमा स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएका सामग्रीहरू सोसाइटी अफ चाइनाले सहयोग स्वरूप प्रदान गरेको हो ।

नेपालस्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको पहलमा प्राप्त सामग्री रेडक्रसका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved