देशभर वायु प्रदूषण बढ्यो, ‘मर्निङ वाक’मा नजान चिकित्सकको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2023 | 01:27:34 PM मा प्रकाशित

laxmi  sunrise bank

देशभर वायु प्रदूषण बढेको छ । जैविक इन्धनबाट चल्ने सवारीसाधनको वृद्धिका साथै औद्योगिक कलकारखानामा खनिजजन्य इन्धनको प्रयोगले वायुमण्डलमा कार्बडाइअक्साइड लगायतका वायुमण्डल प्रदूषित गर्ने ग्यासको मात्रा बढेको हो । 

यस्तो वायु प्रदूषण हटाउन हिउँदे वर्षा आवश्यक भएपनि यसवर्ष पानी नपरेकाले यसको प्रभाव झन बढ्न थालेको विज्ञहरुले बताएका छन् । यस्तो प्रदूषण मानव जीवनका लागि चुनौती बन्दै गएको छ । 

पर्यावरणमा पनि यसको नराम्रो असर परिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । तर आज शुक्रबारको मापनमा काठमाडौँमा १ सय ६७, भक्तपुरमा १ सय ६१ रहेको छ ।

एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २ दशमलव ५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ । एक्यूआई जति बढ्दै गयो उति घातक मानिन्छ ।

एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ । एक्यूआई ३ सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । यस्तो खालको वायुले सबै समूहका मानिसलाई असर पार्ने विज्ञले बताउँदै आएका छन् ।

चिकित्सकहरूले मर्निङ वाक नगर्न, बालबालिका, बिरामी र वृद्धवृद्धालाई घरबाट बाहिर ननिस्कन सुझाव दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved