डा. मनोर दिन सैयदको नेतृत्वमा स्याङ्गजामा १ दिने निशुल्क स्वास्थ्य शिविर हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 12:20:23 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्गजामा १ दिने बृहत नि-शुल्क स्वास्थ्य शिविर हुने भएको छ। स्याङ्गजाको भिरकोट नगरपालिका र काठमाडौँको  स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालको संयुक्त आयोजनामा आगामी वैशाख १२ गते मंगलबार नि-शुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

 उक्त शिविरमा स्त्री तथा प्रसुती डा. मनोर दिन सैयद, जनरल मेडिसिन डा. इबराज सिम्खडा,शल्यचिकित्सा डा.सुन्दर महर्जन , हाड जोर्नी तथा नशा रोग डा. मंगल हिराचन ,नाक/कान/घाटी डा. डिबिट अधिकारी ,ड़ा. राजेन्द्र ढुंगाना, डा. शुसानी बस्नेत , सुनिला श्रेष्ठ ,मौषमी लम्साल , रंजित गिरीले विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका प्रबर्धन अधिकृत सन्जिब कंडेलले जानकारी दिए ।

राजधानीबाट चर्चित विशेषज्ञ चिकित्सकहरुको टोलिले नि-शुल्क स्वास्थ्य परीक्षण,परामर्श औषधि वितरणका साथै भिडियो एक्सरे, महिलाहरुको पाठेघरको प्रारम्भिक भीआईएस टेस्ट समेत हुने भएकोले सो स्वास्थ्य शिविरमा सहभागी भई लाभ लिनको लागि भिरकोट नगरपालिकाका मेयर गोबिन्द कर्माचार्यले आग्रह गरेका छन् ।  

 बयरघारी जन्मस्थान भयका समाजसेवी चिकित्सक डा. सैयद अहिले जिल्लामा स्वास्थ्य,शिक्षा,न्यानो कपडा लगायतका राहत वितरणका विभिन्न समाजसेवी गतिविधिका साथ जिल्ला आउने गरेको र उक्त मानवीय कार्यबाट धेरैले सिक्न सकिने नगरपालिका प्रवक्ता दिपेन्द्र क्षेत्रीले बताए।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved