
विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष दिने सासाकावा स्वास्थ्य पुरस्कार यो वर्ष नेपालको निक साईमन्स इन्स्टिच्यूटलाई प्रदान गरेको छ। मानिसहरुको स्वास्थ्य सुधार गर्न उल्लेखनीय योगदान पुर्याएका व्यक्ति वा गैरसरकारी संस्थालाई प्रत्येक वर्ष यस्तो पुरस्कार प्रदान गर्दै आएको छ।
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिशमा निक साईमन्स इन्स्टिच्यूटले वर्ष २०२३ को सासाकावा स्वास्थ्य पुरस्कार प्राप्त गरेको हो। यो पुरस्कार वितरण समारोह विश्व स्वास्थ्य संगठनको मुख्यालय स्वीट्जरल्याण्डको जेनेभामा भएको थियो । पुरस्कार वापत अमेरिकी डलर २०,०००।– नगद र ट्रफी प्रदान गरिएको छ।
यो पुरस्कारले थप हौसला र उर्जा प्रदान गरेको निक साइमन्स इन्स्टिच्यूटले जनाएको छ। निक साइमन्सले विगत १६ बर्षदेखि नेपालको ग्रामीण स्वास्थ्य सेवाको गुणस्तरलाई अभिवृद्धि गरी ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका जनमानसले गुणस्तरीय स्वास्थ्य सेवा प्रप्त गर्न सकोस् भन्ने उद्देश्यले कार्यक्रम संचालन गर्दै आएको छ।
विश्व स्वास्थ्य संगठनले प्रत्येक बर्ष विश्वमा रहेका मानिसहरुको स्वास्थ्य सुधार गर्न उल्लेखनीय योगदान पु¥याएका व्यक्ति वा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले सासाकावा स्वास्थ्य पुरस्कार प्रदान गर्दै आएको छ ।
यो पुरस्कार सन् १९८४ मा जापान सिपबिल्डर्स एशोसियनका तत्कालीन अध्यक्ष रयोची सासाकावाको पहलमा विश्व स्वास्थ्य स्वास्थ्य संगठनका तात्कालीन महानिर्देशक हाफदान महलरसँगको सहमतिमा स्थापना भएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशको अध्यक्षतामा रहेको सासाकावा स्वास्थ्य पुरस्कार चयन समितिद्वारा विजेताहरु चयन गरी कार्यकारी बोर्डद्वारा मतदान गरिन्छ ।