कर तिर्न ताकेता गर्नु बिडम्बना: चेम्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 10:44:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले कर तिर्न व्यवसायीहरुलाई गरेको ताकेताप्रति नेपाल चेम्बर अफ कमर्सले असन्तुष्टि जनाएको छ । चेम्बरले बिगत ७० दिन देखि मुलुक लक डाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प रहेकोे अवस्थामा सरकारको यस्तो निर्णय आउनु बिडम्बना पूर्ण रहेको जनाएको छ । 

 चेम्बरले बुधबार एक विज्ञप्ति मार्फत तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य बिबिध खर्चहरु समेत धान्न नसकी रहेको जनाउदै असन्तुष्टिहरु ब्यक्त गरेको हो । 

‘‘लकडाउन समाप्तभई व्यवसायीक वातावरण सुचारु भएको तिन महिनामा कर बिवरण एवम रकमवुझाउने व्यवस्थाका लागि समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गर्दछ साथै विद्यमान उक्त निर्णय फिर्तागरी व्यबसायीको माग बमोजिम अर्को निर्णय लिन समेत अनुरोध गर्दछ ।’’ चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved