बढ्यो लोकल रक्सीको माग, जोखिममा मदिरा उद्योगको १६ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 02:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

मदिराको माग घट्दा उत्पादन पनि घटेको छ । तर यसबीचमा घरेलु मदिराको खपत भने उल्लेख्य रुपमा बढेको छ । विदेशी ब्राण्डका रक्सीको आयात र स्वदेशी उद्योग (सीलबन्दी) को उत्पादन घट्दा घरेलु मदिराले पश्रय पाएको उद्योगीहरुको आरोप छ । 

८० प्रतिशत उत्पादन घट्यो

नेपालमा सञ्चालित मदिरा उद्योगको लगानी जोखिममा रहेको मदिरा उत्पादक संघका अध्यक्ष रवी केसी बताउँछन् । चैत्रदेखि बजारमा मदिराको माग क्रमशः घट्दो क्रममा रहेको उनको भनाई छ । 

‘अहिले बजारको माग ८० प्रतिशत घटेको छ’ अध्यक्ष केसीले भने, ‘माग अनुसार नै उत्पादन हुने भएकाले अहिले उत्पादन पनि २० प्रतिशतमा सिमित छ ।’ 

उनले बजारमा माग भएजति मदिरा उत्पादन गरेर दिन सक्ने क्षमता भएपनि सरकारले मदिरा पसललाई खोल्न नदिएका कारण उत्पादन हुन नसकेको बताए । रक्सी पसलकै लागि भनेर कुनै निर्णय नभएपनि प्रहरीले मदिरा पसल खोल्न नदिएको उनको भनाई छ । अध्यक्ष केसीका अनुसार हाल नेपाली बजारले चाहेजति स्टक उद्योगसँग छ ।

‘अरु सबै बजार खुलिसक्यो, अन्य मार्केटसँगै मदिरा पनि खोल्न दिनु पथ्र्यो’ उनले भने, ‘सीलबन्दी रक्सी बेच्न नदिएका कारण घरेलु मदिराको बिक्रि बढेको छ ।’ 

घरेलु मदिराले मार्केट खायो

‘अहिले आधा मानिसले डराएरै मदिरा पिउन छोडेका छन्, आधामध्ये कतिपयको आम्दानी रोकिँदा पिउन पाएका छैनन्’ अध्यक्ष केसी भन्छन्, ‘पिउन मन लाग्ने र अलिअलि पैसा हुनेले घरेलु मदिरा पिउन थालेका छन्, घरेलु मदिराले बजार खाँदा खाद्यान्न पनि सकियो, राजश्व पनि गुम्यो र जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना पनि बढ्यो ।’

घरेलु मदिरालाई सरकारले गैह्रकानुनी मान्दै आएको छ । तर, ग्रामिण भेग र शहरी क्षेत्रमा पनि घरेलु मदिराको खपत फस्टाएको छ । प्रहरीले जहाँ भेट्यो त्यही घरेलु मदिरा नष्ट गर्ने गरेको भएपनि खपत भने घट्नुको सट्टा बढिरहेको छ ।

‘हामीले कही कतैबाट माग आयो भने पठाउँछौँ, तर ठाउँ ठाउँमा बसेका प्रहरीले लैजानै दिँदैनन्’ अध्यक्ष केसी भन्छन्, ‘खानेले घरेलु मदिरा खाएकै छ, यसले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने देखिँदैछ, हामी सयको मदिरा पठाउँदा ६० रुपैयाँ सरकारलाई तिर्छौ, घरेलु मदिराबाट त सरकारलाई राजश्व आउँदैन ।’ 

१५ सय करोडको कारोबार गुम्यो

जेठको अन्तिमबाटै मदिरा उद्योग र मदिरा पसल खोल्न दिन माग गरिरहेका उद्योगी व्यवसायीले अहिलेसम्म ‘ग्रिन सिङ्नल’ पाएका छैनन् । समान्यतया साउन महिनामा मदिराको व्यापार कमजोर हुने भएपनि भदौपछि भने बढ्नुपर्ने थियो । तर बजारमा मदिरा पसल बन्द हुँदा उद्योगसमक्ष माग पुग्नै पाएको छैन । माग नहुँदा उत्पादन हुने कुरै आएन ।

वर्ल्ड दरबार ह्वीस्की तथा अर्ना बियरका उत्पादकसमेत रहेका केसी ८० वटा उद्योगमा औषतमा २० करोडका दरले लगानी रहेको भएपनि सरकारले वेवास्ता गर्दा लगानी डुब्ने खतरा रहेको बताउँछन् । उद्योगीहरुका अनुसार हालसम्म मदिरा उद्योग एवम् मदिरा बजारले १५ सय करोडको कारोबार गुमाइसकेको छ । अब पनि बजार नखुले उद्योग बन्द हुने र १६ सय करोडको लगानी डुब्ने उनीहरुको चिन्ता छ ।

यसअघिः

राष्ट्र बैंकको राहत प्याकेजप्रति मदिरा व्यवसायीको आपत्ति, मागे विभेद गर्नुको कारण

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved