महासंघद्वारा स्टार्टअप कम्पनीलाई आवेदन दिन आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 01:05:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले मेन्टरसिप सहयोगसहित लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) लाई आवेदनका लागि आह्वान गरेको छ ।

आवेदन सबै क्षेत्रका लागि खुला गरिएको महासंघले जनाएको छ । नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना÷स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन गरिएको हो । 

एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रूपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिनेछन् । 

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन, आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्ट्रेशनहरू, प्यान÷भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्युट, कम्पनीका प्रवर्द्धक÷संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने महासंघले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved