कसरी नष्ट गरिन्छ पिउन अयोग्य प्रमाणित भएका बियर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 03:18:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बियरमा अधिकतम् ८ प्रतिशत अल्कोहल हुन्छ । यो भनेको ‘स्ट्रङ्ग’ बियर हो । अहिले ८ प्रतिशत अल्कोहल भएका स्ट्रङ्ग बियरले बजार हिस्सा बढाउँदै छन् ।

अल्कोहलसँगै बियर उत्पादनमा के के खाद्यान्न कति मात्रामा प्रयोग गर्ने भन्ने मापदण्ड हुन्छ । बियरमा ५० प्रतिशत जौको मात्रा हुनुपर्छ । 

करिब १ वर्ष अघि गोर्खा बियरले ५० प्रतिशत जौको मात्रा प्रयोग गर्नुपर्नेमा कनिका प्रयोग गरेको पाईएपछि ४ लाख ३७ हजार काटुर्न बियर अझै सिलकै अवस्थामा छन् । यी बियरहरु अब बजारमा आउन पाउँदैनन् । किनकी, बियर उत्पादन भएको ९ महिनासम्म मात्रै पिउन योग्य हुन्छ ।

उत्पादन मिति ९ महिना कटेपछि बियर स्वतः पिउन अयोग्य हुन्छ ।

‘गोर्खाले बजार पनि पठाउँदिन, बढी तिर्नुपर्ने शुल्क पनि तिर्दिन भनेर गोदाममै राखेको छ’ आन्तरिक राजस्व विभागका प्रवक्तासमेत रहेका निर्देशक अर्जुन ढकालले भने, ‘डिस्पोजमै जाने हो, किनकी यसको बजारमा जान पाउने मिति नै सकिसक्यो ।’

नष्ट गर्ने प्रक्रिया के ?

गोर्खा बियरलाई एउटा उदाहरणका रुपमा लिईएको हो । गोर्खा जस्ता अन्य बियर पनि बेलाबेलामा गुणस्तरहीन भेटिन्छन् । गुणस्तरमा कमजोर रहेका बियर नष्ट गर्ने गरिन्छ । नष्ट गर्ने पनि प्रक्रिया छ ।

फ्याक्ट्रीमा सिल गरेर राखिएका बियर उसले आन्तरिक राजस्व कार्यालयको अनुमति बिना चलाउन पाउँदैन । डिस्पोज गर्न पनि फ्याक्ट्रीले आन्तरिक राजस्व कार्यालयलाई अनुमति माग गर्दै पत्र पठाउनु पर्छ ।

फ्याक्ट्रीले पत्र पठाएपछि आन्तरिक राजस्व कार्यालयले आन्तरिक राजस्व विभागलाई पत्रमार्फत नै यसको जानकारी गराउनुपर्छ । विभागको अन्तःशुल्क महाशाखाले डिस्पोज गर्नु भन्ने अनुमति सहितको पत्र आन्तरिक राजस्व कार्यालयलाई पठाएपछि बाँकी काम कार्यालयले नै गर्नेछ ।

कार्यालयले के कारणले बियर नष्ट गर्न लागिएको हो भन्ने जानकारी खुलाएर नष्ट हुने मिति र स्थान तोकेर जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउनुपर्नेछ । त्यसपछि आन्तरिक राजस्व कार्यालयसहित जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रोहबरमा पिउन अयोग्य बियर नष्ट गरिन्छ ।

त्यसको मुचुल्का बनाएर पुनः कार्यालयले विभागमा पठाउनु पर्नेछ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved