बलेफी हाइड्रोको आईपिओमा पहिलो दिनमा कति पर्यो आबेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2022 | 09:34:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बलेफी हाइड्रोले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको साधारण सेयरमा पहिलो दिनमा सामान्य आबेदन परेको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलकाअनुसार पहिलो दिन ६ लाख १९ हजार रुपैयाँ बराबरको आबेदन परेको छ। 

कुल ४२ आवेदकबाट ६ हजार १९० कित्ता सेयरका लागि ६लाख् १९ हजार रुपैयाँ बराबरको आबेदन परेको छ। 

बलेफी हाइड्रोले यहि माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर बिक्रि खुला गरेको हो।

आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ  गाबिस)का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन गरिएको छ । 

यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । आईपिओमा छिटोमा फागुन १२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ । 

कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। स्थानीयलाई निष्काशन गरिने शेयर पूर्ण रुपमा बिक्रि नभएमा बिक्रि नभएको शेयर पनि सर्वसाधारणलाई बिक्रि गरिने छ । नेपाल धितोपत्र बोर्डले माघ ९ गते  कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved