गिटी,बालुवाको करका विषय रौतहटमा झडपः चार घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2023 | 06:39:13 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटमा गिटी बालुवाको करको विषयमा स्थानीय र नगरप्रमुख पक्षबीच झगडा हुँदा चार जना घाईते भएका छन्। रौतहटको बृन्दावन नगरपालिकास्थित वाग्मती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवामा नगरप्रमुख विनोद प्रसाद कुर्मिले मनपरि गरेको भन्दै स्थानीय झगडामा उत्रीएका हुन्।  झडपमा दुई पक्षका चार जना व्यक्ति सामान्य घाईते भएको स्रोतले जनाएको छ।

नगरप्रमुख विनोद प्रसाद कुर्मीले मनपरी गरेको भन्दै विरोधमा स्थानीयले कर उठाउन बनाइएको झुपडी घर समेत भत्काएका छन्। साथै स्थानीय युवाहरुले त्यसमा आगजनी समेत गरेका छन्। नगर प्रमुख कुर्मीले वाग्मती नदीको दुबै घाटबाट गिटी, बालुवा निकासी गर्न बिना कुनै टेन्डर आफ्ना नजिकका नातेदारलाई निकासी गर्न दिएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए।

बृन्दवन नगरपालिकाले तीन महिनाअघि दुबै नदीबाट गिटिजन्य वस्तु निकासीका लागि ३ करोडमाथि मूल्य राखेर ठेक्का आह्वान गरेको थियो । मूल्य बढी भएको भन्दै कसैले पनि सकार नगरेपछि कुर्मीले मनपरि रुपमा निकासा गर्न दिएको स्थानीयको आरोप छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved