यस्तो देखियो प्रिमियर इन्स्योरेन्स सहित ५ संस्थाको प्रगति, महुलीको सेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2019 | 11:43:08 AM मा प्रकाशित

laxmi  sunrise bank

बजार परिसूचक नेप्से साताको अन्तिम दिन बिहिबारको कारोबारमा ८।२१ अंकले घटेर १११२।८७ को बिन्दुमा ओर्लिएको छ। ठुलो मात्रामा एभरेष्ट बैंकको सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब १६ करोड पुगेको छ। 

गत बिहिबार १६४ कम्पनीका ८० लाख ९५ हजार ७२ कित्ता सेयर ५ हजार ८७० पटक कारोबार हुँदा २ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। बिहिबारको कारोबारमा सबै उपसूचकहरु घटेका छन। जसमा सबैभन्दा बढी निर्जिबा र जीवन बिमा घटेका छन।   

एभरेष्ट बैंकको संस्थापक सेयर, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, ग्यांदी पावर लिमिटेडको सेयर मुल्य आफ्नो समुहमा धेरैले घटेको छ भने चिलिमे हाइड्रोपावर, अरुण हाइड्रोपावर र हिमालयन जेनेरल इन्स्योरेन्सको सेयरमुल्य आफ्नो समुहमा धेरैले बढेको छ।  बिहिबारको कारोबारमा नयाँ नेपाल लघुवित्त विकास बैंक, ग्यांदी पावर लिमिटेड र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयरमुल्यमा तिब्र उतारचढाब रह्यो।

बिहिबारको कारोबारमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर ठुलो मात्रामा किनबेच भएको छ। नेपाल राष्ट्र बैंकको कुनै व्यक्ति वा संस्थाले १५ प्रतिशत भन्दा बढी संस्थापक सेयर होल्ड गर्न नपाउने प्राबधानले संस्थापक सेयरधनी राधा श्रेष्ठ र नेपाल कृष्ण श्रेष्ठले संस्थापक सेयर बिक्रि गरे।  उनीहरु दुवैको संस्थापक सेयर १५ प्रतिशत भन्दा कम हुने गरि १ अर्ब ९१ करोड रुपैयाँ बराबरको  ७२ लाख ३६ हजार ३७५ कित्ता सेयर बिक्रि गरेका हुन। 


बजारका महत्त्वपूर्ण समाचार

-ग्यांदी पावर लिमिटेडको दोस्रो त्रैमासको कमाई २३.०५ प्रतिशतले घटेर १ करोड ८ लाख, इपिएस ८ रुपैयाँ ७ पैसा

-रैरांग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको दोस्रो त्रैमासको कमाई ५९८ प्रतिशतले बढेर ७४ लाख ३ हजार, इपिएस २ रुपैयाँ ६५ पैसा 

-प्रिमियर इन्स्योरेन्सको दोस्रो त्रैमासको कमाई ८.७९ प्रतिशतले बढेर ५ करोड ८८ लाख, इपिएस २० रुपैयाँ १६ पैसा

-नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो त्रैमासको कमाई १ करोड ९५ लाख

-राधि हाइड्रोपावरको कमाई ५ प्रतिशतले घटेर ३ करोड ५९ लाखमा सिमित 

-नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको कमाई घटेर ३७ लाख ९६ हजारमा सिमित 

-निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर वितरण

-एनएमबि बैंक विदेशबाट ऋण ल्याउनेमा पहिलो बन्दै बेलायतको वित्तीय संस्थासंग डेढ अर्बको सम्झौता 

आजका महत्त्वपूर्ण घटना 

-युनीभर्सलको आइपीओ करिब ९८ प्रतिशत बिक्रि, आज पनि निष्काशन खुला 

- महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको अवितरित साधारण तर्फको ९ हजार ४५३ कित्ता हकप्रद लिलाममा 

-एनआइसी एसियाको १० प्रतिशत एनआईसी एसिया डिबेन्चर २०८५/८६ बिक्रीमा






उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा जनता सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने नबिल सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।



ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।


आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved