मौद्रिक नीतिले व्यवसायीहरुको माग सम्बोधन गरेनः पूर्वअध्यक्ष कटुवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 10:05:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले मौद्रिक नीतिले साना उद्योगी व्यवसायीहरुको माग सम्बोधन गर्न नसकेको बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीति बारे प्रतिक्रिया दिँदै उनले मौद्रिक नीतिले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताएका हुन् । 

उत्पादन मुलुक उद्योग र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीतिमा भएको व्यवस्था वास्तविक उद्योगी व्यवसायीमा पुग्नुपर्ने उनको भनाई छ । 

उनले सरकारले संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी साना व्यवसायी मैत्री मौद्रिक नीति  बजेट ल्याउन नसकेको बताए । उनले उद्योगी व्यवसायीहरुको मागलाई केही सम्बोधन गरेको भएता पनि त्यतिले पुग्ने अवस्था नभएको उनको भनाई छ । संस्थापक अध्यक्ष कटुवालले बजेट भाषण राम्रो भए पनि बजेटले गरेको व्यवस्था आउन नसकेको उल्लेख गरे । 

उनले भने, ‘साना व्यवसायीहरुले वर्तमान समस्या मौद्रिक नीतिले सम्बोधन गर्ने आशा थियो। तर मौद्रिक नीतिले बैंक ब्याजदर लगायतका विषयमा बोलेको छैन । यो मौद्रिक नीतिले ब्याजदर कम गर्ने तर्फ उन्मुख भएको देखिदैन । यो नीतिले अर्थतन्त्र चलायमान बन्न सक्दैन ।’

पूर्वअध्यक्ष कटुवालले निजी क्षेत्रको मनोवल उच्च बनाउने गरि मौद्रिक नीति आउनुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताए । उनले मौद्रिक नीतिले ल्याएका कतिपय व्यवस्थाहरु सकारात्मक रहेको पनि बताए । पूर्वअध्यक्ष कटुवालले उत्पादनमूलक क्षेत्रमा बैंकको लगानी वृद्धि गर्ने कुरा सकारात्मक रहेको बताए ।

उनले  मौद्रिक नीति वर्तमान समस्या समाधान उन्नमुख नभएको बताए । बजेटले सम्बोधन गर्न नसकेका कुराहरू मौद्रिक नीतिले सम्बोधन गर्ने निजी क्षेत्रको अपेक्षा पूरा नभएको बताए ।

उनले निजी क्षेत्रको कर्जा लक्ष्य १२.५ बाट ११.५ प्रतिशत झार्नुले सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुन नसक्ने बताए । उनले उद्योग व्यापार व्यवसाय चलायमान बनाउन भएमात्रै सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुन सक्ने बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved