शेयर बजार बढ्यो, ११ कम्पनीको मुल्यमा सकारात्मक सर्किट, ५ अर्ब १५ करोडको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 03:08:39 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार आज शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक २७.७५ अंकले बढेर २०२२.७५ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २९५ कम्पनीका १ अर्ब ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब १५ करोड ७८  लाख ४६ हजार ९ सय ७९ रुपैयाँ ५ पैसाको शेयर कारोबार भएको छ । जस मध्ये हिमाल दोलखा हाइड्रोको सर्वाधिक २५ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

त्यस्तै, सोनापुर मिनरल्सको १६ करोड ६५ लाख रुपैयाँ माथि, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड १५ लाख, शिवम सिमेन्टको १४ करोड ५ लाख तथा अरुण काबेली हाइड्रोको १२ करोड ९५ लाखको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १८५ कम्पनीको शेयर भाउ बढेको छ भने ५२ कम्पनीको घटेको र ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।

आज ११ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेका ११ कम्पनीमा बोटलर्स नेपाल बालाजु, रिडी, शिवश्री हाइड्रो, बलेफी, दोर्दी खोला, विन्ध्वासिनी हाइड्रो, सगरमाथा जलविद्युत, भुगोल इनर्जी, रावा इनर्जी, थ्रीस्टार र हाथवे इन्भेष्टमेन्ट रहेका छन् । 

त्यस्तै, युनियन हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, पिपुल्स हाइड्रो, मकर जितुमया सुरी हाइडो पावर, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत कम्पनी, मेन्छ्यिम हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी,  सिनर्जी पावर डेभलपमेन्ट, राप्ती हाइड्रो तथा जनरल कन्सट्रक्शन, सुपर मदी हाइड्रे लिमिटेड, मनकामना इन्जिनियरिङ्ग हाइड्रो पावर, मन्दकिनी हाइड्रोपावर र पिपल्स पावर लिमिटेडको शेयर मुल्य ९ प्रतिशत बढीले बढेको छ । 

यता, आज सबैभन्दा बढी शेयर मुल्य घट्नेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । कम्पनीको शेयर भाउ आज ६.७७ प्रतिशतले घटेको छ । त्यसैगरी, एनएमबि माइक्रोफाइनान्सको शेयर मुल्य ५.०४ प्रतिशत, मानुषी लघुवित्त ३.९३ प्रतिशत र कालिका लघुवित्त वित्तीय संस्था ३.८५ प्रतिशतले बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved