दुई नम्बर प्रदेशमा शीर्ष नेताको कुदाकुद, प्रचण्ड सबैभन्दा अघि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2017 | 05:05:21 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावी प्रचार प्रसार अभियान सकिएको छ। उम्मेदवारी दर्ता भएसँगै तातिएको चुनावी प्रचार प्रसारमा राजनीतिक दलले आफ्नो सिंगो संगठनलाई नै परिचालन गरेर आफ्नो पक्षमा मतदातालाई आकर्षण गर्ने अभियानमा जुटेका थिए।  प्रदेश नम्बर २ को निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरु दौडधुपमा देखिए।

निर्वाचन अभियानमा सबैभन्दा बढी कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन्। उनले १५ दिनको अवधीमा प्रदेश नम्बर २ का ७ जिल्लाका २ सयवटा कार्यक्रममा सहभागी भए। प्रचण्डको सचिवालयले औपचारिक  अनौपचारिक कार्यक्रम गरेर २ सय कार्यक्रममा सहभागी भएको बताएको छ।  माओवादीले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय कार्यालय नै प्रदेश नम्बर २ लाई बनाएको छ। पार्टीका शीर्ष नेता सबै प्रदेश नम्बर २ मा सहभागी भएका थिए। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भदौ २७ र ३० को बीचमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा र बारामा आयोजित चुनावी सभामा सहभागी भए। चुनावी कार्यक्रममा सहभागी हुन मधेस आएका कारण प्रधानमन्त्री देउवा सरकारले १०० दिन पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुन पाएनन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रमका लागि एक दिन मधेस झरे। चुनावी प्रचार प्रसारको अन्तिम दिन शुक्रबार बारा र महोत्तरीमा आयोजित चुनावी सभालाई ओलीले संबोधन गरे। राजपा नेवालका नेता पनि मधेसकै विभिन्न जिल्लामा चुनावी सभामा भाग लिँदै मतदातालाई आफ्नोतर्फ तान्ने अभियानमा खटिएका नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved