कुमारीको आम्दानी ५० लाख !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2017 | 05:26:04 AM मा प्रकाशित

laxmi sunrise bank

वसन्तपुरस्थित कुमारीबाट हालै अवकाशप्राप्त मतिना शाक्यले भेटीवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गरेकी छिन्। २०६४ सालमा कुमारी नियुक्त भएकी शाक्यको यो १० वर्षको व्यक्तिगत आम्दानी हो।  

कुमारीका लागि महानगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैङ्क तथा सङ्घ संस्था र सर्वसाधारणबाट भेटी प्रदान गर्ने गर्छन्। यसरी प्रदान गर्ने भेटी अहिले बैङ्क खातामा राख्ने व्यवस्था गरिएको छ। 

देवी देवता र मन्दिरलाई प्राप्त हुने दक्षिणा तथा भेटी पारदर्शी र व्यवस्थित गर्ने गराउने क्रममा नेपाल सरकारले ल्याएको नीतिबमोजिम यो व्यवस्था गरिएको हो। गुठी संस्थानले दिएको जानकारीअनुसार गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, पाल्पाको रणउज्जेश्वरी, हेटौँडाको भुटनदेवी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती र उग्रचण्डी, बाराको गढीमाई, धरानको बुढा सुब्बा, काठमाडौँको मैतिदेवी तथा दक्षिणकाली लगायतका मन्दिर र पीठको भेटी व्यवस्थापन कार्य अगाडि बढाइएको छ।  

कुमारी मतिना शाक्य महाअष्टमीका दिन पदमुक्त भएपछि मञ्जुश्री नकमहाविहारकी तृष्णा शाक्य नयाँ कुमारीमा नियुक्त भएकी छिन्। रजस्वला हुने अवस्था आएपछि कुमारी फेर्ने प्रचलन रहेको आजको गोरखापत्र दैनिकमा खबर छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved