नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 05:14:39 AM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि छुट्याएको १ लाख ८० हजार कित्ता साधारण सेयरहरूको सार्वजनिक निष्कासन गर्ने कार्यका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो नियुक्तिसम्बन्धी सम्झौता ०७४ असोज २४ गते मंगलबार निष्कासन तथा बिक्री प्रवन्धकको कार्यालयमा सम्पन्न भयो । सम्झौतामा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवकुमार मल्ल तथा निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । 

सो हस्ताक्षर कार्यक्रममा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका वरिष्ठ प्रवन्धक सुविन काजी श्रेष्ठ र एनएमबी क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमलप्रसाद नेपालको समेत उपस्थिति थियो । २०७१ मंसिर ८ गते सिन्धुपाल्चोक जिल्लाको फटकसिलाबाट कारोबार सञ्चालन गरेको यस वित्तीय संस्थाको हाल अधिकृत पुँजी  १० करोड र जारी पुँजी  ६ करोड रुपैयाँ रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता हुने तयारीमा छ भने सर्वसाधारणलाई  १ करोड ८० लाखको सेयर निष्कासन पश्चात् चुक्ता पुँजी  ६ करोड रुपैयाँ पुग्नेछ ।

हाल वित्तीय संस्थाको सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्ला कार्यक्षेत्र छ र हालसम्म ८ वटा शाखा कार्यालयमार्फत २१ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ४ हजार ७ सय जना सदस्यहरूलाई लघुर्जाको सेवा प्रदान गरेको छ । चालू आर्थिक वर्षको चैत मसान्तभित्रमा नै सेयर जारी गरीसक्ने वित्तीय संस्थाले जनाएको कारोबार दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved