तराइबाटै महंगियो तरकारीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 04:37:31 AM मा प्रकाशित

laxmi  sunrise bank

तरकारी उत्पादनमा अब्बल मानिएको बारामा दशकयताकै मूल्य अकासिएको छ । छठको मुखैमा तरकारीको मूल्य बढेसँगै उपभोक्ता प्रभावित बनेका छन् । 

तिहारदेखि उच्च रहेको तरकारीको मूल्य छठ पर्वमा झन अकासिएपछि उपभोक्ता चिन्तित बनेका छन् । तरकारीको मूल्यमा हप्ता दिनमा नै उतारचढाव आएको उपभोक्ताहरूले बताए  । उनीहरूले तरकारीमा चार गुणासम्म मूल्यवृद्धि भएको गुनासो गरेका छन् । सिमराका रमेश पाण्डेले हरियो तरकारी उत्पादन हुने तराईको केन्द्रमैै दश वर्ष यताकै उच्च मूल्य पुगेको बताए । उनले तिहारअघि प्रतिकिलो २५ रूपैयाँ पर्ने तरकारी अहिले १ सय २५ रूपैयाँ पुगेकाले किन्नै नसकिने अवस्था आएको गुनासो गरे । 

काउली, बन्दाकोपी, सागको मुख्य मौसम भए पनि तरकारी महँगो भएको छ । मूल्य बढेसँगै पहिलोपटक किसानहरू मुनाफाका लागि घरघरै तरकारी बेच्दै हिँडेका छन् । 

तराईमा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भए पनि बजार अनुगमन हुन सकेको छैन । नियममकारी निकाय मौन बस्दा दिनप्रतिदिन मूल्य बढेको उपाभोक्ता बताउँछन् । बाराका १६ स्थानीय तहमध्ये मध्ये कलैया उपमहानगर, सिम्रौनगढ नगर, भलुबी, भलबरीया, छतबा, बरैनी, फेटा गाउँपालिकालगायतका ११ स्थानीय तहको प्रमुख उत्पादन तरकारी हो ।  यहाँको उत्पादन मुख्य गरी काठमाडौं, पोखरा, वीरगन्जसहित देशका मुख्य बजारमा निर्यात हुने गर्दछ ।

“तिहारदेखि उत्पादन हुने क्षेत्रमै हरियो तरकारीको मूल्य उच्च छ, यसको असर देशभर परेको छ,” जिल्ला कृषि कार्यालयका प्रमुख शिवरत्न साहले भने, “उत्पादन र माग बढेको छैन तर मूल्य भने बढेको बढै छ, त्यसको कारण पत्ता लगाउन नसक्दा हामी पनि अन्योलमा छौं ।” उत्पादन लागतको मूल्य राख्ने प्रचलन नहुँदा मनोमानी ढंगले ब्यापारीले मूल्य राखी तरकारी बिक्री गरेको पाइन्छ । कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved