
 2mb (1).gif)
रुपन्देहीको रोहिणी गाउँपालिकामा घरवरिपरि सरसफाइ नगर्नेहरुको घरको बिजुलीको लाइन काटिने भएको छ ।
गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले गाउँपालिकालाई स्वच्छ र सरसफाइयुक्त बनाउनका लागि यो निर्णय गरिएको बताए । सम्झाउँदा बुझाउँदा पनि अटेर गरेर सार्वजनिक स्थानहरुमा फोहोर गर्ने र सरसफाइ नगर्नेहरुको घरमा बिजुलीको लाइने काटिने गाउँपालिकाको निर्णय हो ।