राष्ट्रपति, उप–राष्ट्रपति र सभामुख दोहोरिने, गृह मन्त्रालय ओली आफैंले राख्ने सहमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2018 | 10:39:39 AM मा प्रकाशित

laxmi  sunrise bank

एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी केन्द्रका अध्यक्षबीच शुक्रबार भएको भेटमा सङ्घीय सरकार गठनको विषयमा पनि महत्वपूर्ण छलफल भएको छ । पार्टी एकतासंगै भावी सरकार गठनको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँडमा समेत सहमति भइसकेको उच्च स्रोतको दाबी छ ।

शुक्रबारको भेटवार्तामा बहालवाला राष्ट्रपति, उपराष्ट्रपति र सभामुखलाई निरन्तरता दिने सहमति भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री तथा गृहमन्त्री केपी शर्मा ओली, परराष्ट्रष्टमन्त्रीमा ईश्वर पोखरेल, अर्थमन्त्रीमा प्रदिप ज्ञवाली र भौतिक योजना तथा निर्माण मन्त्रीमा शक्तिबहादुर बस्नेत हुनेछन् । त्यसैगरी सूचना तथा सञ्चारमन्त्रीमा एमाले युवा नेता योगेश भट्टराई, उर्जामा पम्फा भुसाल तथा बाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा मातृकाप्रसाद यादव रहने भएका छन् । 

नयाँ सरकारमा गृह मन्त्रालयको दावी गरेका माओवादी नेता बर्षमान पुन सभामुख पदमा ओनसरी घर्तीलाई निरन्तरता दिने सहमतिपछि पछाडि हटेको बताइएको छ । यसअघि पनि घर्ती व्यवस्थापिका संसदको सभामुख थिईन् । आफ्नी श्रीमतीलाई सभामुख बनाइदिए आफूलाई मन्त्री पद नचाहिने भन्दै पुनले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी गराइसकेको स्रोतको दावी छ । पुन पछि हटेपछि  प्रधानमन्त्रीको जिम्मेवारीसँगै गृहमन्त्रालयको जिम्मेवारी पनि एमाले अध्यक्ष ओलीले सम्हाल्ने सहमति भएको स्रोत बताउँछ । 

माओवादी केन्द्रको तर्फबाट बर्तमान सरकारमा सहभागी जनार्दन शर्मालाई बिनाविभागीय बनाएर प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले पनि गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । बिनाविभागीय बनाइएका माओवादी मन्त्रीहरूले केही दिनअगाडि राजिनामा दिइसकेका छन् । देउवा सरकारले सुरक्षा निकायमा अनावश्यक हस्तक्षेप गरेर सुरक्षा संयन्त्रलाई कमजोर बनाएको ठहर गर्दै सुरक्षा निकायमा सुधारको कदम चाल्नको लागि ओली आफैले गृहमन्त्रालयको समेत जिम्मेवारी लिने तयारी गरेको स्रोतले बतायो ।

ओलीनिकट स्रोतका अनुसार उनले एकजना एमाले सांसदलाई गृह राज्यमन्त्रीको जिम्मेवारी दिएर सुरक्षा संगठनमा सुधारको कामको थालनी तयारी गरेको बुझिएको छ । गृहराज्यमन्त्रीमा कसलाई पठाउने भन्ने टुङ्गो नलागिसकेको भएपनि केही मन्त्रीहरूको लागि गृहकार्य शुरु भएको आजको शुशासन साप्ताहिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved