महाअभियोगको हस्ताक्षरबारे राजीनामा दिएका गृहमन्त्रीको यस्तो खुलासा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 01, 2017 | 08:28:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आइजिपी विवादको सुरुवात नै उपयुक्त थिएन । योे विषयमा सरकार र सर्वोच्च अदालतले आ–आफ्नो अधिकार प्रयोग गर्नुपर्थ्यो । तर, मेरै कार्यक्षेत्रभित्र परेको आइजिपी प्रकरणसँग सम्बन्धित विषयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसमा असहमति जनाउँदै मैलै राजीनामा दिएको हुँ ।

मलाई सभापतिले नै गृहमन्त्रीमा पठाउनुभएको हो । तर, यो घटनामा सभापतिले नै लिएको निर्णयमा मलाई थाहा नदिइएपछि मैले राजीनामा दिएको हुँ । महाअभियोगको विषय सुरुमा एक पत्रकारबाट थाहा पाएपछि प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई सोध्दा बल्ल हो भन्ने थाहा भयो ।

पहिले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन गरिएको हस्ताक्षर नै प्रयोग गरिएछ । यस्तो प्रयोग अरू वेलामा पनि गरिन्थ्यो, तर सोध्ने चलन भए पनि यसपटक सोधिएन ।

सभापतिसँग सोध्दा तपाईंलाई भन्न सकिएनछ भन्नुभयो । रामचन्द्र पौडेलजीलाई सोध्दा उहाँले ‘मैले नै केन्द्रीय कार्यालयमा आएर थाहा पाएँ’ भन्नुभयो । प्रधानमन्त्रीलाई सोध्दा संशोधनमा दुईतिहाइ पुर्‍याउनेबारे तपाईंसँग कुरा भइरहेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

योसहित महाअभियोगबारे शेरबहादुरजीले भन्नुभयो कि भन्ने लाग्यो भन्नुभयो । त्यसपछि मैले स्वकीय सचिव विश्वासमार्फत राजीनामापत्र पठाएको हुँ । प्रधानमन्त्रीले फोन गरेर किन एक्कासि यस्तो निर्णय लिनुभयो भन्नुभयो, मैले महाअभियोगमा चित्त बुझेन भनेर राजीनामा पठाएको भनेँ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved