नारायाण्काजीले भने-‘महाभियोग लगाउनुपर्ने पात्र उहाँ होइन’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 02, 2017 | 08:08:14 AM मा प्रकाशित

laxmi sunrise bank

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन्। 


महाभियोग लाग्नुअघि प्रधानन्यायाधीश कार्कीलाई भेट्नुभएको भन्ने चर्चा आयो, कुरा के हो?

-मैले अरू बेलाजस्तै सामान्य हिसाबले भेटेको हुँ। अदालतमा कुनै मुद्दा विचाराधीन रहेको बेला सोही कारणले भेट्न मिल्दा पनि मिल्दैनथ्यो, मैले त्यसी भेट्ने कुरा आउँदैन पनि थियो।


महाभियोग प्रस्तावकै अघिल्लो दिन भेट्नुको कारण के हो त?

-राजनीतिक नेतृत्वमा बसिसकेको राज्यका विभिन्न पदाधिकारीसँग वेलाबखत भेटघाट हुन स्वभाविक हो। त्यो भेट पनि त्यसरी नै थियो। अन्य कुनै उद्धेश्य थिएन।


महाभियोगमा जाने पार्टी अध्यक्ष र कांग्रेस सभापति भन्दा फरक मत राख्नुभयो नि?

-पहिला महाभियोग प्रस्ताव पद्धती रूपमा पनि त्रूटिपूर्ण ढंगाले आएको छ। दोस्रो यसले हाम्रो संविधान कार्यान्वयनको लक्ष्यलाई सघाउ पुर्‍याउँदैन। प्रधानन्यायाधीश कार्कीका कतिपय निर्णय र शैलीमा असहमत हुन सकिएला तर उहाँको मूल प्रवृत्ति भनेको स्वच्छ, स्वाभिमानी, निष्ठावान पेसागत वयक्तित्वको रूपमा नै छ। महाभियोग लगाउनुपर्ने पात्र उहाँ होइन। त्यसैले यो प्रस्ताव फिर्ता लिनुपर्छ।


नारायणकाजी श्रेष्ठसँगको कुराकानी आजको कान्तिपुरमा छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved