ठूला दल तालमेल मिलाउँदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2017 | 09:55:55 AM मा प्रकाशित

laxmi  sunrise bank

ठूला दल कांग्रेस, एमाले, माओवादी, राप्रपासमेत चुनावी तालमेल गर्न कस्सिइरहँदा वैकल्पिक शक्ति मानिएका नयाँ दल भने एक्लाएक्लै लड्न अग्रसर छन् ।

नयाँ शक्ति पार्टी, साझा पार्टी र विवेकशील नेपाली पार्टीबीच परस्पर तालमेलको चर्चा भए पनि मोर्चाबन्दी गर्न  उनीहरु उदासीन देखिए । नयाँ शक्ति पार्टीले साझा पार्टी र विवेकशीलसग चुनावी सहकार्यको प्रस्ताव लगे पनि उनीहरुले एक्लाएक्लै अघि जान रुचि देखाए । साझा पार्टीले विवेकशीलसग छुट्टै तालमेल प्रयास गर्‍यो, तर उम्मेदवारी संरचनामा कुरो नमिलेपछि त्यो प्रसंग त्यत्तिकै हरायो ।

वैकल्पिक भनिएका अरु दुई दलसग कुरो नमिलेपछि नयाँ शक्तिले संघीय समाजवादी फोरमसग चुनावी तालमेल गरेको छ । उनीहरु एउटै चुनाव चिह्न ‘मशाल’ अन्तर्गत लड्ने सहमतिमा पुगेका छन् । स्थानीय चुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न अनुमति दिए पनि चुनाव चिह्न भने संसदभित्र भएका दललाई मात्रै दियो । नयाँ शक्तिले आफ्नै चुनाव चिह्न आँखा पाउनुपर्ने भन्दै धर्नालगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

तर आयोगले मतपत्र छापिसकेको भन्दै कुनै वैकल्पिक चिह्नसहित चुनाव लड्न आग्रह गर्‍यो । त्यसपछि नयाँ शक्तिले चुनावमा भाग लिन हाल एकता चर्चामा रहेको फोरमकै चिह्न मशाल लिने निर्णय गर्‍यो । विवेकशील र साझाले पनि चिह्न पाउनुपर्ने माग गरे पनि सफल भएनन् ।कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved