१ अर्बको मोटरसाइकल बिक्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2017 | 08:49:47 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यावसायिक गतिविधि बढेपछि सुदूरपश्चिममा दुई पाङ्ग्रे सवारीसाधनको कारोबार पनि उच्च रूपमा वृद्धि भएको छ । कैलालीको धनगढीमा मात्रै एक वर्षमा झन्डै १ अर्ब रुपैयाँका मोटरसाइकल बिक्री भएका छन् ।

०७३ वैशाखदेखि हालसम्म धनगढीमा ५ हजारभन्दा बढी नयाँमोटरसाइकल बिक्री भएको विभिन्न बिक्रेता कम्पनीले जनाएका छन् । धनगढीमा बजाज, होन्डा र हिरो कम्पनीका मोटरसाइकलको कारोबार उच्च छ । 

धनगढीमा एक वर्षमा सबैभन्दा बढी बजाज कम्पनीका १ हजार २ सय ८० मोटरसाइल बिक्री भएको कम्पनीका प्रबन्धक यम ढकालले बताए ।उनले बजाज कम्पनीका १ लाख ५० हजारदेखि ४ लाख ५९ हजार रुपैयाँ मूल्यका मोटरसाइकल बिक्री गर्दा एक वर्षमा २५ करोड रुपैयाँको कारोबार भएको बताए ।

बजाज कम्पनीका मोटरसाइकल युवा पुस्तामा बढी लोकप्रिय भएका कारण राम्रो बजार लिएको प्रबन्धक ढकालको भनाई छ । केही वर्षअघिसम्म विलासिताको वस्तु मानिने मोटरसाइकल हिजोआज आवश्यकताको साधन बनेको कारोबार दैनिकमा खबर छ ।

मानिसको आम्दानी र व्यवसायको दायरा बढेसँगै मोटरसाइकल अत्यावश्यक साधन भएको हो । यसले गर्दा मोटरसाइकलको कारोबारमा वृद्धि भएको छ । धनगढीस्थित हिरो कम्पनीका अधिकृत विक्रेता पुस्कर ओझाले एक वर्षमा १ हजार १ सय ९५ वटा मोटरसाइकल बिक्री गरेको बताए ।

उनले हिरो कम्पनीका मोटरसाइकल अन्य कम्पनीका मोटरसाइकल भन्दा केही सस्तो भएका कारण किसान, कर्मचारी तथा निम्न आय भएकाको रोजाइमा पर्दै आएको बताए ।

धनगढीमा अधिकृत बिक्रेता मार्फत हाल ७ वटा कम्पनीका मोटरसाइकल बिक्री भइरहेका छन् । ग्राहकका मागलाई मध्यनजर गर्दै यामाहा, सुजुकी, बजाज, हिरो, होन्डा, टिभीएस र अमेरिकी कम्पनी यूएम मोटरसाइकल यहाँको बजारमा उपलब्ध छन् ।

मोटरसाइकल कम्पनीले रोजगारीको अवसरसमेत सिर्जना गरेका छन् । होन्डा कम्पनीका सञ्चालक रामगोपाल कर्माचार्यले मोटरसाइकल कम्पनीको कारोबारसँगै १७ जनालाई रोजगारी दिएको बताए । उनले एक वर्षमा १ हजार २ सय मोटरसाइकल बिक्री गरेको जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved