सोमबारसम्म मौसम बदली हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 27, 2017 | 09:19:19 AM मा प्रकाशित

laxmi  sunrise bank

 पश्चिमी वायु र पूर्वी भेगमा मनसुनी वायुको प्रभावले शुक्रबार देशभरि बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका सबै स्थानमा बादल लागेको र पानी परेको छ ।

महाशाखाका मौसमविद् विभूति पौडेलका अनुसार आउँदो सोमबारसम्म छिन छिनमा पानी पर्ने र छिन छिनमा आकाश खुल्ने क्रम जारी रहने सम्भावना रहेको छ । उनले भने, ‘यो प्रिमनसुनको बेला हो । एकै छिनमा पानी पर्ने र एकै छिन घाम लाग्ने भइरहन्छ । यो क्रम अझै एक दुई दिन रहने सम्भावना रहेको छ ।’

शुक्रबार दिउँसो पूर्वदेखि पश्चिमसम्मका पहाडी क्षेत्रमा सबै स्थानमा बदली भएको छ भने पूर्व र मध्यका तराई र पहाडी क्षेत्रमा वर्षा भएको छ । विराटनगरमा ४७ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ भने सिमरामा ३९ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । दिपायल, सुर्खेत, पोखरा, काठमाडौँ, ओखलढुङ्गा, ताप्लेजुङमा पनि पानी परेको महाशाखाले जनाएको छ ।

पछिल्ला दिनमा तराई क्षेत्रमा तापक्रम पनि वृद्धि भएको महाशाखाले जनाएको छ । शुक्रबार सबैभन्दा बढी नेपालगञ्जमा ४२ डिग्रिसेल्सियस रेकर्ड गरिएको छ । त्यसैगरी धनगढी र भैरहवामा ४१ डिग्रिसेल्सियस, सिमरामा ४० डिग्रिसेल्सियस तापक्रम रहेको छ । गत हप्ता यी स्थानमा तापक्रम ३५ डिग्रिसेल्सियसको हाराहारीमा थियो । गोरखापत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved