लोकतन्त्रमा निर्वाचनमा नगए कहाँ जाने? - उपेन्द्र यादव

रासस

रासस

Jun 17, 2017 | 08:33:43 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रमा निर्वाचनमा नगए कहाँ जाने भनेर प्रश्न गरेका छन्। आजको नयाँ पत्रिकासँग कुरा गर्दै यादवले भने,‘ लोकतन्त्रमा निर्वाचनमा भाग नलिए कहाँ जाने ?  कुन बाटो लिने ? कि त भन्नुपर्यो अबको बाटो फरक भइसक्यो भनेर। होइन भने त निर्वाचनमा भाग लिनुको विकल्प छैन।’ यसबारे यादवसँगको प्रश्नोत्तरः

संविधान घोषणाको पृष्ठभूमिदेखि सँगै आन्दोलनमा रहेका साथीहरू आन्दोलनमा छन्, तपाईं निर्वाचनको तयारीमा। हिजोका सहकर्मीको आन्दोलनले अहिले तपाईंको निर्वाचनलाई असर गर्छ कि गर्दैन र?

राजपाको बहिष्कार वा आन्दोलनले संघीय समाजवादी फोरमलाई केही असर गर्दैन। राजनीतिक र सांगठनिक रूपमा पनि राजपाभन्दा सशक्त र ठूलो दल फोरम नै हो। लोकतान्त्रिक अधिकार प्रयोग नगर्ने र निर्वाचन बहिष्कार गर्ने कदमले राजपालाई नै बढी असर गर्छ। लोकतन्त्रमा निर्वाचनमा भाग नलिए कहाँ जाने रु कुन बाटो लिने रु कि त भन्नुपर्यो अबको बाटो फरक भइसक्यो भनेर। होइन भने त निर्वाचनमा भाग लिनुको विकल्प छैन।

आन्दोलनकारीले फोरमका कार्यालय तोडफोड गर्ने, झन्डा जलाउने काम गरेका छन्। त्यसप्रति तपार्इंको धारणा के छ ?

राजपाबाट गलत हर्कत भइरहेका छन्। राजनीतिक दलका झन्डा जलाउने, दलका कार्यालय तोडफोड गर्ने प्रवृत्ति गलत हो। झन्डा जलाएर, कार्यालय तोडफोड गरेर मधेसका जनताको कल्याण कसरी हुन्छ रु आफ्नो प्रभाव भए अर्थात् जनताको मतप्रति विश्वास भए निर्वाचन गए हुन्छ। हाम्रो दल मधेसको पहिलो शक्ति हो। राजपाका यस्ता गतिविधिले फरक पर्दैन। पहिलो कुरा, हामीले उठाएका मुद्दाहरू जनताले अनुमोदन गरे भने देशको एजेन्डा बन्छ। जनअनुमोदित एजेन्डालाई राज्यले पन्छाउन सक्दैन। दोस्रो कुरा, जनविरोधी शक्तिलाई जनताले ब्यालेटपेपर ९मतपत्र०बाट परास्त गर्छन्। हाम्रो भाषामा भन्नुपर्दा नश्लवादी र विभेदकारी शक्तिलाई जनताले निर्वाचनबाट परास्त गर्छन्।

तर, तपार्इंहरूले भाग लिने तयारी गरे पनि प्रदेश नम्बर २ को निर्वाचन स्थगित भएको छ, सरकार राजपाको आन्दोलनको दबाबमा परेको देखिन्छ, तपाईंको भनाइ के छ र?

हामी त पहिलादेखि नै एकै चरणमा निर्वाचन हुनुपर्छ भन्नेमा थियौँ। तर, सरकारले विभिन्न चरणमा गर्ने भन्यो। अहिले फेरि प्रदेश नम्बर २ को निर्वाचन सार्ने काम भएको छ। यसबारे बैठक बसेर हाम्रा आधिकारिक धारणा सार्वजनिक गर्छौँ। एकदमै संवेदनशील कुराहरू आइरहेका छन्, अध्ययन गरेर धारणा सार्वजनिक गर्छौँ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved