मुख्यमन्त्री ममता बेनर्जीले दिइन् गोर्खाल्याण्डबारे यस्तो प्रतिक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2017 | 09:12:52 AM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाल्याण्ड आन्दोलनको विरोधमा सुरुदेखि नै दृढ देखिएकी बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बंगाल टुक्रिन नदिने दोहोर्‍याएकी छन्। उनले आफ्ना पूर्ववर्तीहरुकै शैलीमा सो कुरा पुन: दोहोर्‍याएकी हुन्। उनले भनेकी छन् ‘शान्तिपूर्ण रुपमा जे मागे पनि दिन्छु तर बंगाल टुक्रिन दिन्न।’

एक सय दश वर्ष पुरानो गोर्खाल्याण्डको मागको जवाफमा बंगालका मुख्यमन्त्रीकै शैलीमा कुरा गर्दै आएका छन्। उनका पूर्ववर्तीहरुले गोर्खाल्याण्ड आन्दोलनलाई गोर्खा पार्वतीय परिषद,गोर्खा टेरिटोरीयल एडमिनिस्टेटीभ (जिटिए) जस्ता विकल्पमा आन्दोलनलाई मत्थर पार्ने प्रयास भएका थिए। उनले पनि जिटिए बाहेकको विकल्पमा संवादसम्म गर्न नचाहेको मोर्चाका एक नेताको टिप्पणी छ।

ममताले शान्तिको आह्‍वान गर्दै आन्दोलनलाई दबाउने निरतर प्रयास गरिरहेको मोर्चाको विश्लेषण छ।पछिल्लो पटक ममताले सिलगढीको एक कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खाल्याण्डको नाममा हिंसा मच्चाएको आरोप लगाएकी छन्।यस अघि पनि उनले विदेसीले उक्साएर आन्दोलन भड्कीएको बताउदै आएकी थिइन्।

आन्दोलन सुरु भएपछि ममताको नेतृत्वमा रहेको बंगाल सरकारले इन्टरनेट सेवा बन्द गरेको छ।पहाडमा आउने खाद्यान्‍न, औषधिसहितको अत्यावश्यक सामग्री समेत सिलगुढीबाट माथि ल्याउन नदिएको एक महिना भन्दा बढी भएको छ।

बंगाल सरकारले आन्दोलन सुरु भएपछि खाद्यान्न लगायतका सामग्रीमा नाकाबन्दी लगाउने पुरानै तरिका रहेको महिला नेतृ निरा शर्माले बताइन्।यता गोर्खाल्याण्ड आन्दोलनकै लागि गठन गरेको गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डीनेशन कमिटि (जिएमसीसी) भने आफ्नै भूमरीमा फस्न थालेको छ।

दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक सहितको गोर्खाल्याण्ड भुमिसगै विश्वभरका नेपाली भाषी भारतीयहरुको नैतिक दवावका विच दिल्लीमा बसेको बैठकले जनताको भावना अनुसार कुनै कार्यक्रम घोषणा गर्न नसकेको नेतृ शर्माले आरोप लगाए।

जिएमसिसि बैठकले केन्द्र सरकारले वार्तामो बोलाए अनशन तोड्ने र सकारात्मक पहल भए आन्दोलन रोक्ने लगायतका कमजोर निर्णय गरेपछि आन्दोलनकारी निक्कै निराश बनेका छन्।

गोर्खाल्याण्ड आन्दोलनको मुख्य घटक गोर्खा जनमुक्ति मोर्चा यसपटक लचिलो हुने अवसर जनताले दिने अवस्था नरहेको कतिपयको विश्लेषण छ। गोर्खाल्‍याण्ड आन्दोलनमा हालसम्‍म ११ जनाले ज्यान गुमाई सकेको छ भने २५ भन्दा बढी घाइतेको अवस्था गम्भीर छ।

यता, १२ दिनदेखि अनशनमा बसेका १२ जना युवाको अवस्था चिन्ता जनक बन्‍दै गएको विद्यार्थी मोर्चाका प्रवक्ता सन्दीप क्षेत्रीले बताए।

उनले भने, ‘यसपटकको आन्दोलन सरकारी दमनका विच पनि जनताले हाँकेका छन्, कसैले विकल्पमा सम्झौता गरे छुट पाउने अवस्था छैन।’

दार्जिलिङमा नोरजेन डुक्पा, अमित सुब्बा र राकेश क्षेत्री, कालेबुङमा राजु विश्वकर्मा, सागर दियाली र अजित रोक्का, मिरिकमा कुशल खनाल, कञ्चन क्षेत्री र धन प्रसाद शुब्बा र खरसाङमा अनोज थापा, नरेन खवास र श्रेय राई अनशनमा बसेका छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved