तामाकोसीको सेयर पुसबाट, क–कसले पाउँछन् ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 26, 2017 | 08:24:37 AM मा प्रकाशित

laxmi  sunrise bank

मुलुककै बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखाबासीका लागि छुट्याएको १० प्रतिशत सेयरका लागि आगामी पुस महिनाबाट आवेदन सुरु गर्ने भएको छ । जिल्ला समन्वय समिति दोलखाको समन्वयमा सरोकारवाला निकायबीच भएको छलफलपछि आगामी पुसभित्र सेयर आवेदन सुरु गर्ने सहमति भएको हो ।
दोलखाबासीलाई न्यूनतम ३० कित्ता र अधिकतम ३ सय कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने निर्णय गरिउको समन्वय समितिका प्रमुख डबल पाण्डेले जानकारी दिए ।
आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखाबासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर दिने तामाकोसी आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जनाकारी गराए ।
दोलखाबासीलाई सेयर निष्कासनपछि साधारण सेयर (आईपीओ) निष्कासन गर्नेसमेत उनले जानकारी दिए । सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँबराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन हुने सो आयोजनाले जनाएको छ ।  राजधानी दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved