अनलाइन पेमेन्ट गर्दा १५ प्रतिशत छुट, दराजको बैंक डेज अफरमा थप ३ बैंक समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2021 | 04:38:54 PM मा प्रकाशित

laxmi  sunrise bank

दराजले बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । दराजले माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी येही १७ जुन देखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको हो ।

 यस अफर मार्फत ग्राहकहरुले कार्ड प्रीपेमेन्ट गरेमा १५ प्रतिशत रु ५०० सम्मको छुट पाउन सक्ने दराजले जनाएको छ । यी बैंकहरु दराजका चार अन्य साझेदार बैंकहरू– सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकसंग मिलि बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ । 

दराज बैंक डेज मार्फत ग्राहकहरु हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छूटको मजा लिन सक्ने जनाइएको छ । 

दराजकाअनुसार माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डधारकहरूले हरेक बिहिबार दराज एप मार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन् ।

यस्ताे छ  विवरण

माछापुच्छे बैंक – डेबिट कार्ड भुक्तानीमा १०% रु ५०० सम्मको छुट ÷ क्रेडिट कार्ड भुक्तानमा १५% रु ५०० सम्मको छुट,

मेगा बैंक – डेबिट कार्ड भुक्तानीमा १०% रु ५०० सम्मको छुट ÷ क्रेडिट कार्ड भुक्तानमा १५% रु ५०० सम्मको छुट ,

हिमालयन बैंक – प्रीपेड र क्रेडिट कार्ड भुक्तानीमा १५% रु ५०० सम्मको छुट,

यसैगरी दराज बैंक डेज अफर अन्तर्गत, ग्राहकहरु हप्ताभरी दराजका अन्य साझेदार बैंकहरुबाट उस्तै छुटको मजा लिन सक्नेछन् ।

सोमबार – सानीमा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५% रु ५०० सम्मको छुट ÷ डेबिट कार्ड भुक्तानमा १०% रु ५०० सम्मको छुट। 

बुधबार – एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५% रु ५०० सम्मको छुट ÷ डेबिट कार्ड भुक्तानमा १०% रु ५०० सम्मको छुट

शुक्रवार – नबिल बैंक मार्फत १०% छुट (अधिकतम रु ५००)

शनिबार – स्टाण्डर्ड चार्टर्ड बैंकबाट मार्फत १०% छुट (अधिकतम रु ५००) 

दराजकाअनुसार अनलाइन भुक्तानीको लागि सक्रिय क्रेडिट र डेबिट कार्ड मात्र यस प्रस्तावको लागि योग्य छन् । यसबाहेक, कार्ड सक्रिय नभएमा ग्राहकहरुले दराज एपमा गई बैंकहरुले दिएको चरणहरू अनुसरण गर्न सक्नेछन् । त्यसैगरि इच्छुक ग्राहकहरूले अब माथि उल्लेखित कुनै पनि बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved