सिभिल बैंकको खाता खल्तीमा लिंक गर्दा १ सय बोनस र स्मार्टफोन उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 05:53:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सिभिल बैंक खाता खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुका लागि १०० बोनस अफर ल्याएको छ  छ।  साथै, हरेक महिना  एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन् ।

यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुनेछ । प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाईसी भेरिफाइ गराउन पर्नेछ । केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ’खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।

यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको हो ।

एक पटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ । रु. १०० बोनस अफर पौष ३० देखि फागुन १ सम्म लागु हुनेछ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved