आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 09:26:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आइएमई पे” ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे' अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुत्तानी गर्दा दिनभरीमा १०% छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने जनाएको छ । कम्पनीका अनुसार उक्त अफर यही असार १०, २०७९ शुक्रबारकाका दिन १ दिनको लागि मात्र मान्य हुनेछ।

कम्पनीका अनुसार अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउँनेछन् भने पियर्स-टु-पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त गर्न सक्दैन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved