राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2022 | 05:56:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय माधिवेशन आगामी चैत २२ गते हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत २२ गते गर्ने बताएको हो । 

महासंघका अध्यक्ष नरेश कटुवालले महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । अध्यक्ष कटुवालले बानेश्वरको एभरेष्ट होटलमा समारोहको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने पनि बताए । 

उनले महासंघले आर्थिक विकासको लागि निरन्तर काम गर्दै आएको बताउँदै मुलुकमा राजनीतिक दल फेल हुँदा नीजि क्षेत्रले दुख पाएको गुनासो गरे । 

महासंघले पछिल्लो समय बैंकहरुले अस्वभाविक रुपले बढाएको ब्याजले उद्योगी व्यवसायीहरुलाई नराम्रो असर गरेको बताएको छ । महँगी बढेर आम उपभोक्तामा नकरात्मक असर परेको भन्दै यसतर्फ सोच्न महासंघले सरकारसँग अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved