जेष्ठ १९ गतेदेखि १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 12:15:35 PM मा प्रकाशित

laxmi  sunrise bank

 आगामी २०७९ जेष्ठ १९ देखि २३ गतेसम्म “नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९” राजधानीमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।

महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङ्गको संयोजकत्वमा “प्रदर्शनी आयोजक समिति” गठन गरी यसको तयारीको काम शुरु भइसकेको महासंघले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved