सरकारलाई महासंघका अध्यक्ष गोल्छाको आग्रह, ‘निजी क्षेत्रलाई अवरोध नगरियोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 05:41:15 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको सभामुख अग्नि सापकोटाले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा सभामुख सापकोटाले मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुुई पाङग्रा भएको बताएका छन् । आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोग विना सम्भव नहुने भएकाले निजी क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भीरता पूर्वक लिनुुपर्नेमा सभामुखको जोड थियो ।

मुलुकको अर्थतन्त्र, रोजगारी, पूजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार निजी क्षेत्रलाई सधै उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन् । 

त्यसअघि महासंघका अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्यका क्रममा लगानी र उत्पादन गर्न निजी क्षेत्र तयार रहेको तर प्रक्रिया असहज भएको गुनासो गरेका छन् 

‘हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुहोस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौं, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउछौं, स्वागत गरिदिनुहोस् । हामी राजस्व बुझाउँछौं, अपमान नगरिदिनुहोस्’ गोल्छाले भनेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved