महिला उद्यमशिलता विकासका लागि चेम्बरको आयोजनामा तालिम शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 04:37:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तिकरण कार्यक्रम शुरु गरेको छ । 

उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्ष्ँेत्रमा तालिम आयोजना गरेको हो । 

पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्ष्ँेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशिलताको विकास मार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सले महिलाको सशक्तिकरणको मुद्धालाई उच्च प्राथमिकतामा राखेको मल्लको भनाई छ । 

पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरु शुरु भईसकेको भन्दै अध्यक्ष मल्ललले त्यसको लाभ लिन पनि महिलाहरुलाई आग्रह गरे । महिलाहरुद्धार उत्पादित बस्तुहरुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लले प्रतिवद्धता जनाए । 

चेम्बरकी उपाध्यक्ष एव महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि बजारको माग अनुसारको तालिम सञ्चालन गरिएको बताईन् ।  व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपुर्ण हुने श्रेष्ठको भनाई छ । 

कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरुलाई कम्तिमा १५ दिनको तालिम दिईने बताएकमी छिन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved