नेपाल–भारत उद्योग वाणिज्य संघ र अर्थसचिव पुष्करबीच भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2022 | 05:12:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–भारत उद्योग वाणिज्य संघका पदाधिकारीले नव नियुक्त अर्थ सचिव कृष्णहरि पुष्करसँग भेटवार्ता गरेका छन् ।  संघका अध्यक्ष सृजना राणालेको नेतृत्वमा गएको टोलीले अर्थ सचिव कृष्णहरि पुष्करलाई बधाई ज्ञापन गर्दे सफल कार्यकालको लागी शुकामना ब्यक्त गरेको छ। 

भेटमा अध्यक्ष राणाले  नेपालको आर्थिक बिकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न संघले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको बताईन् । अध्यक्ष राणाले भारतीय पर्यटन प्रबद्र्धन गर्न संघले नेपाल–भारत संयुक्त पर्यटन कार्यदलको तेश्रो बैठकको आयोजना गराउन पनि भारतीय दूतावास मार्फत पहल गर्दै गरेको बताउंदै सोही बिषयलाई लक्षित गर्दै धार्मिक पदमार्ग सम्बन्धि  कफीटेबल बुक र वेबसाईट निर्माणको तयारी अन्तिम चरणमा भई रहेको जानकारी दिईन्। 

नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भिœयाउनको लागी संघले आफ्रनो बृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना गरेको र त्यस्मा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगको लागी पनि अध्यक्ष राणाले अनुरोध गरेकी छिन्। 

नेपालको आर्थिक बिकासको दृष्टिकोणले तय गरिने हरेक कार्यमा अर्थ मन्त्रालय प्रमुख सरोकारवाला निकाय भएको तथा लगानी तथा ब्यापारको दृष्टिकोणबाट संघ पनि प्रमुख सरोकारवाला संस्था भएको कारण मन्त्रालयले भबिष्यमा गर्ने हरेक कार्यक्रममा संघलाई पनि समेत्न र सहकार्य गर्न पनि अध्यक्ष राणाले अर्थ सचिव समक्ष प्रस्ताब गरेकी छिन्। 

भेटमा सचिव कृृष्णहरि पुष्करले  आगामी दिनहरुमा मन्त्रालयको तर्फबाट प्रत्यक्ष तथा परोक्ष हरेक प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको संघले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved