५१ हजारले अवलोकन गरे फर्निचर तथा फर्निसिङ एक्स्पो, सोमबार सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 08:13:44 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको भृकुटीमण्डपमा जारी आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको घुइचो लागेको छ । सार्वजनिक विदाका कारण एक्स्पो अवलोकन गर्न आउनेको संख्या शनिबार मात्रै २२ हजार पुगेको हो ।

बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म ५१ हजारले अवलोकन गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । उसका अनुसार बिहीबार १३ हजारले अवलोकन गरेको एक्स्पो शुक्रबार १६ हजारले अवलोकन गरेका थिए । आइतबार र सोमबार थप ३० हजारले एक्स्पो अवलोकन गर्ने इभेण्ट सोलुसनको अपेक्षा छ ।

“अघिल्ला २ दिनमा २९ हजारले एक्स्पो अवलोकन गरेकोमा शनिबार २२ हजारले अवलोकन गरेका छन्,” इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने ।

प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु सञ्चालन गरेका छन । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

एक्स्पो अवलोकनका लागि प्रवेश निशुल्क गरिएको छ । अवलोकनकर्ताले निशुल्क प्रवेशका लागि आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत प्रवेश पास पाउन सकिनेछ ।

एक्स्पोकै अवसरमा शुक्रबार र शनिबार प्रदर्शनीस्थलमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा लायन्स क्लब अफ काठमाण्डौं सेन्ट्रलसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा १०८ पिन्ट रगत संकलन भएको संघका प्रथम उपाध्यक्ष मनीष अग्रवालले जानकारी दिए ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको छ भने हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसियसन नेपालको सहयोग छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको समर्थन छ ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी प्रदर्शकहरुको सहभागिता छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यस्तै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित सेवा पनि एक्स्पोको आकर्षण बनेको छ ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्निचर तथा फर्निसिङ एक्स्पो ९फर्नेक्स नेपाल० को आयोजना हुँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved