संविधान दिवसमा ३१ जना उद्योगी व्यवसायीलाई प्रबल जनसेवाश्री पदक, क–कसले पाए ? (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2022 | 09:02:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले संविधान दिवसका अवसरमा प्रबल जनसेवाश्री पदकमार्फत ३१ जना उद्योगी, व्यवसायी तथा बैंकरहरुलाई मानपदवी मार्फत विभूषित गर्ने भएको छ । 

यो पदकमार्फत विभूषित हुनेहरुमा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र एनएमबि बैंकका सीईओ सुनिल केसीसमेत छन् । 

प्रबल जनसेवाश्री पदकमार्फत विभूषित हुनेमा उद्योगी बालकृष्ण भुसालदेखि प्रताप जङ्ग पाण्डे सहितका उद्योगी व्यवसायीहरुको नाम छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोध कुमार गुप्तादेखि महासंघको जिल्ला नगर उपाध्यक्षका दाबेदार सुरकृष्ण वैद्य पनि प्रबल जनसेवाश्री पदकमार्फत विभूषित हुने भएका छन् । 

यो पदक पाउने अन्य उद्योगी व्यवसायीहरुमा शुशिल कुमार गोयन्का, यादव कुँवर, महेन्द्र कुमार श्रेष्ठ, सुनिल कुमार वंशल, भरत प्रसाद पराजुली, विनोद थकाली, ओमकार गौचन, कृषि व्यवसायी गोविन्द प्रसाद थपलिया छन् । 

त्यस्तै, बटु लामिछाने, भीम प्रसाद घिमिरे, सीताराम उप्रेती, राजेन्द्र अर्याल, सुरेन्द्र गोयल, चतुर्भुज अग्रवाल, नरेश श्रेष्ठ, टानका निवर्तमान अध्यक्ष खुम सुवेदी, उमाशंकर अग्रवाल, अशोक कुमार वैद्य, प्रेम कुमार श्रेष्ठ, प्रमोद कुमार अग्रवाल, गुणनिधि भण्डारी (माधब), दिपक कुँवर, पवन कुमार अग्रवाल, डा. शान्तकुमार उपाध्याय र कुमुद कुमार दुगड पनि संविधान दिवसका अवसरमा प्रबल जनसेवाश्री पदकमार्फत विभूषित हुने भएका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved