उद्योगी व्यवसायीद्वारा आज सिराहा जिल्ला बन्द, सोमबार बैंकका शाखामा धर्ना दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2022 | 12:41:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकको ब्याजदर र राष्ट्र बैंकको नयाँ कर्जा नीतिविरुद्द आज सिराहामा उद्योगी व्यवसायी आन्दोलित भएका छन् । जिल्ला उद्योग वाणिज्य संघ सिराहा, लाहानको नेतृत्वमा आज २ घण्टा उद्योगी व्यवसायीहरुले जिल्लाभरी नै ब्यापारिक कारोबार ठप्प पारेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर सदस्य रहेका जिल्ला उद्योग वाणिज्य संघ सिराहा, मिर्चैया रामनगर उद्योग वाणिज्य संघ र सिराहा उद्योग वाणिज्य संघसहित बस्तुगत संघहरुको समेत सहभागीतामा आज २ घण्टा जिल्ला बन्द गराइएको जिल्ला उद्योग वाणिज्य संघ सिराहाका सचिव प्रदीप कुमार गुप्ताले जानकारी दिए । 

उनका अनुसार मदिरा व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, हार्डवेयर व्यवसायी संघ, मोबाइल व्यवसायी संघ, वितरक संघ, स्टेशनरी व्यवसायी संघले ब्यानरसहित आज मुख्य बजारमा विरोध र्याली निकालेका छन् । 

गोलबजार उद्योग वाणिज्य संघ र सुखीपूर उद्योग ब्यापार संघले पनि आज आ–आफ्नो क्षेत्रमा र्याली निकालेका छन् । 

जिल्ला उद्योग वाणिज्य संघ सिराहाकै नेतृत्वमा सोमबार बिहान १० देखि ११ बजेसम्म जिल्ला भरीका सबै बैंक तथा वित्तीय संस्थामा धर्ना दिने कार्यक्रम पनि छ । सिराहामा स्ट्याण्डर्ड चार्टड र एभरेष्ट बाहेकका सबै वाणिज्य बैंकहरुका शाखा छन् । वाणिज्य बाहेक विकास बैंक र लघुवित्तहरु पनि छन् । सोमबार सबै तिर १ घण्टा धर्ना दिइने सचिव गुप्ताले बताए ।

जिल्ला उद्योग वाणिज्य संघकै नेतृत्वमा शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्र बैंकको चालू पूँजी कर्जा सम्बन्धि मार्गदर्शन र बढ्दो ब्याजबारे ज्ञापनपत्र बुझाइसकिएको उनको भनाइ छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved