विराटनगरका उद्योगी व्यवसायी हड्तालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 11:53:47 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वका उद्योगी व्यवसायीहरु बन्द हड्तालमा उत्रिएका छन् । बैंकको ब्याजदर बढिरहेको र राष्ट्र बैंकले पनि उद्योगी व्यवसायीका लागि प्रतिकुल हुने नीति ल्याएको भन्दै उद्योगी व्यवसायी हड्तालमा उत्रिएका हुन् । ले 

उद्योगी व्यवसायीहरुले आज राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिएका छन् । सँगै, आज बिहीबार एक दिन बजार बन्द पनि गर्दैछन् । 

चालु पूँजी कर्जा सम्बन्धि मार्गनिर्देशन स्थगित गर्नुपर्ने, ब्याजदर एक अंकमा कायम गर्नुपर्ने, स्प्रेड दर २ प्रतिशत कायम गर्नुपर्ने, बैंकर र व्यवसायी छुट्याउनुपर्ने उनीहरुको माग छद्ध । चालु पूँजी कर्जा २५ प्रतिशतमा सिमित राख्ने प्रावधानले उद्योगी व्यवसायीहरु मारमा पर्ने उनीहरुको गुनासो छ । 

नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघलगायत २ दर्जनभन्दा बढी व्यवसायिक संघ संगठनको ब्यानरमा उद्योगी व्यवसायीहरु सडकमा उत्रिएको नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए । 

उनले हड्तालमै उत्रिनुपर्ने बाध्यता भएपछि आफूहरु सडकमै आउनु परेको बताए । पटक पटक सम्बन्धित निकायमा आफूहरुका मागबारे जानकारी गराइएको भएपनि सुनुवाई नभएपछि सडकमै आउनु परेको घिमिरेलेको भनाई छ । उनले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने पनि दाबी गरे ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved