यस्ता छन् नेपालगन्ज उद्योग वाणिज्य संघको ८ बुँदे माग, आजै वार्ता हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 02:31:54 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वार्तामा बोलाएपछि देशका विभिन्न स्थानका व्यवसायीहरु काठमाडौँ आउंदै छन् । हिजोसम्म आन्दोलन गरिरहेका व्यवसायीहरु आन्दोलन स्थगन गरेर आज काठमाडौँ आउँन लागेका हुन् ।

हिजोसम्म आन्दोलन गरिरहेको नेपालगंज उद्योग वाणिज्य संघ अध्यक्ष अब्दुल वहिद मन्सुरीको नेतृत्वमा काठमाडौँ आउंदै छ । संघले हिजो मात्र नेपालगंजको राष्ट्र बैंक कार्यालय अगाडी २ घण्टा धर्ना दिएको थियो । राष्ट्र बैंकको नेपालगंज कार्यालयका निर्देशक मार्फत संघले नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र समेत बुझाएको थियो । गभर्नरलाई बुझाईएको ज्ञापनपत्रमा संघले विभिन्न ८ वटा माग राखेको छ । 

यस्ता छन् संघले राखेका मागहरु : 

१. चालु पुँजी कर्जा मार्ग निर्देशन २०७९ खारेज गर्नु पर्ने ।

२. वर्षमा एक पटक चालु पुँजी ऋण चुक्ता गर्ने प्रावधान खारेज गर्नु पर्ने ।

३. चालु रहेको ओभरड्रफ्ट लोन यथावत राख्नु पर्ने ।

४. कारोवारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर्नु पर्ने।

५. बैंक ब्याज सिंगल डिजिट कायम गर्नु पर्ने ।

६. ब्याजदर नियन्त्रण गर्नु पर्ने ।

७. बैंकहरुको आतंक बन्द गर्नु पर्ने ।

८. एल. सी. को १००% मार्जिन खारेज गर्नु पर्ने ।


अरु को को आउंदै छन् वार्तामा ?

अर्थमन्त्रीसँग वार्ता गर्न पूर्वका व्यवसायी पनि काठमाडौँ आउंदै छन्  ।  सीएनआई प्रदेश नम्बर १ समितिका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, अटोमोबाइल्स डिलर्स एसोसियसन मोरङका अध्यक्ष संजय श्रेष्ठ, विराट व्यापार संघका अध्यक्ष, सुनचाँदी व्यवसायी संघका अध्यक्ष लगायत पनि काठमाडौँ आउंदै छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved