विकास खर्च बढाउन भौतिक पूर्वाधार मन्त्रीलाई उद्योग परिसंघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2023 | 04:03:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई विकास खर्च बढाउने गरी काम गर्न सुझाव दिएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै विकास खर्च बढाउन आग्रह गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरेका हुन् । उनले पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको भन्दै पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायी र निर्माण सामग्री उत्पादन गर्ने उद्योगसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको बताए ।

अध्यक्ष अग्रवालले निर्माण व्यवसायीहरुलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन एवं बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिए । 

उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘Rebooting Nepalese Economy’ अवधारणा उपप्रधानमन्त्री श्रेष्ठ समक्ष पेश गरे । 

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ । 

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्वपूर्ण रहेको बताउँदै समस्या समाधान गर्दै अगाडि बढ्ने बताए । 

उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटवार्तामा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, युथ कम्युनिटी फर नेप्लीज कन्ट्रयाक्टरका अध्यक्ष सुशील कुमार श्रेष्ठ पनि थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved