‘नेपाली अर्थतन्त्रका ३ वटा इन्जिन थिए, अहिले एउटा मात्रै चलेको छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 03:04:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्रका ३ इन्जिनमध्ये अहिले एउटा मात्रै चलिरहेको बताएका छन् । उनले रेमिट्यान्स, पर्यटन र निर्यात नामक ३ इन्जिनमध्ये अहिले रेमिट्यान्सले मात्रै काम गरिरहेको बताएका हुन् ।

अध्यक्ष गोल्छाले देशको अर्थतन्त्र अहिले रेमिट्यान्सले मात्रै धानिरहेको भन्दै रेमिट्यान्सबाट हुने आर्जनले मात्रै मुलुकको अर्थतन्त्र दह्रो नहुने बताएका । रेमिट्यान्ससँगै पर्यटन र निर्यातबाट समेत विदेशी मुद्रा आर्जन भए मात्रै देशको अर्थतन्त्र बलियो हुने उनको भनाई छ । 

‘अर्थतन्त्रको एउटा मात्रै इन्जिन चालू छ, त्यो हो रेमिट्यान्स’ गोल्छाले भने, ‘अर्को भनेको हाम्रोमा पर्यटन थियो, अहिले पर्यटन क्षेत्र चलायमान हुन सकिरहेको छैन । अर्को हो निर्यात । निर्यात प्रवद्र्धन गरेर विदेशी मुद्रा भित्र्याउन सके मात्रै देशको अर्थतन्त्र मजबुत हुन्छ ।’

अहिले विदेशी मुद्राको स्रोत ९० प्रतिशत रेमिट्यान्स मात्रै भएकाले बस्तुको निर्यात र पर्यटनमा सरकारले कार्यक्रम नै बनाएर विशेष जोड दिनुपर्ने गोल्छाको सुझाव छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved