बैंकको ब्याज आतंकले आधा दर्जन बढी व्यवसायीले आत्महत्या गरेः श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2023 | 06:22:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले बैंकहरुले गर्दा आधा दर्जन बढी व्यवसायीहरुले आत्महत्या गर्नु परेको आरोप लगाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकको ब्याजदर आतंकका कारण युवा उद्यमी प्रेम प्रसाद आचार्यले आत्महत्या गर्नु परेको दाबी गरेका हुन् । विज्ञप्तिमा विराटनगरका एक व्यवसायीले पनि बैंकको ब्याजदरकै कारण आत्महत्या गरेको दाबी गरिएको छ । 

संघले नागरिकको निक्षेपका आधारमा चल्ने बैंकहरुले नागरिकलाई नै ऋण दिँदा चर्को ब्याज असुलेको बताएको छ । बैंकहरुले व्यवसायीसँग चर्को ब्याज असुलेर आत्महत्या गर्न बाध्य पारेको दाबी गर्दै संघका अध्यक्ष श्रेष्ठले सरकार र निजी क्षेत्र र बैंकहरुबीच छलफल आवश्यक रहेको बताएका छन् । 

No description available.

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved