४/१२ को नीतिका कारण सरकारले ठूलो मात्रामा राजस्व गुमायो: अध्यक्ष गोल्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 07:02:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकको ४/१२ को नीतिले सरकारले ठूलो राजश्व गुमाएको बताएका छन् । काठमाडौँमा आयोजित 'अर्थतन्त्रका चुनौती तथा समाधानका उपाय' विषयक अन्तरक्रिया कार्यक्रममा उनले नियमनका नाममा ४/१२ को नीति एकाएक ल्याउँदा क्यापिटल मार्केटमा सेन्टिमेन्ट नै गलत पर्न गएको र  गलत समयमा यस्तो नीति आउँदा लगानीकर्ताको मनोबल कमजोर भई  सरकारले ठूलो मात्रामा राजस्व गुमाएको बताएका हुन्। 

त्यस्तै उनले आयात रोक्दा गाडी र मोटरसाइकल बाहेक सबै बस्तु अनौपचारिक बाटोबाट नेपाल आएको र यसले गर्दा पनि सरकारको राजस्व गुमेको बताए। आयात रोक्दा गाडी र मोटरसाइकल बाहेक सबै बस्तु अनौपचारिक बाटोबाट नेपाल आएको कारण सरकारले ठूलो मात्रामा राजस्व गुमाएको उनले बताए ।

 भूकम्प पछि बजेटको आकार बढाएर क्षमता भन्दा दोब्बर स्पिडमा नेपालको अर्थतन्त्र दौडाउँदा अहिले लगानीको लागि पैसा नै नभएको उनले उल्लेख गरे । उनले भने 'क्षमता ४० को स्पिडको थियो होला, हाम्रो स्पिड दोब्बर भयो । अर्थतन्त्र दोब्बर स्पिडमा कुदेपछि रेगुलेटरले झ्याप्प ब्रेक हान्यो, एकाएक झ्याप्प ब्रेक लाग्दा त्यस्तो अर्थतन्त्र नामक सवारीमा यात्रा गरिरहेको निजी क्षेत्रका कसैको टाउको फुट्यो, कसैको हात भाँचियो' ।

त्यस्तै उनले अहिले लघुवित्त र सहकारी गम्भीर समस्यामा रहेको उल्लेख गरे । अर्थतन्त्रको चक्र घुमाउन महत्त्वपूर्ण योगदान दिने साना वित्तीय संस्थाहरु समस्यामा पर्दा अर्थतन्त्र चलायमान हुन नसक्ने अवस्था  रहेको उनले बताए । तरलता तलसम्म प्रवाह हुने गरि संरचनागत सुधार भए मात्रै अर्थतन्त्र ठिकठाक हुन सक्ने उनले बताए । 

अर्थतन्त्र शिथिल अवस्थामा हुँदा चालूपुँजी कर्जा सम्बन्धि निर्देशिका ल्याईएकोलेपनि अर्थतन्त्रमा समस्या आएको उनको भनाई थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved