नेपाल फाईनान्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 11:43:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टकएक्सचेन्ज नेप्सेमा नेपाल फाईनान्स Nepal Finance को शेयर मूल्य समायोजन भएको छ  । कम्पनीले हकप्रद निष्काशनको लागि आज कार्तिक ६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मूल्य समायोजन भएको हो।

समायोजनपछि कम्पनीको शेयर मूल्य १८९ रुपैयाँ कायम भएको छ । कम्पनीको १२५ प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो ।  

 कम्पनीले १:१.२५ को अनुपातमा १२५ प्रतिशत बराबरको १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँले हुन आउने १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कार्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यो हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३० करोड पुग्ने छ । त्यसपछि कम्पनीले पुन: १७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । १७५ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८४ करोड पुग्ने छ । फाइनान्स कम्पनीहरुले न्युनतम ८० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved