अपि पावरको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2020 | 10:05:03 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अपि पावर कम्पनी Api Power Company  को शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनसमा मूल्य समायोजन गरेको जनाएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य २६३ रुपैयाँ कायम भएको छ । समायोजन अगाडी कम्पनीको शेयर मूल्य २७९ रहेको थियो । कम्पनीले १७ औ साधारणसभा प्रयोजनको लागि मङ्सिर १ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले कम्पनीको मूल्य समायोजन गरेको हो ।

कम्पनीले एक साथ २ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी मङ्सिर ८ गते कम्पनीको १६ औ र १७ औ साधारणसभा आह्वान गरेको हो । कम्पनीले जुमको माध्यमबाट भर्चुअल्ली साधारणसभा गर्ने जनाएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष ७५/७६ र ७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । तर यसमा हाल निष्काशन भई रहेको हकप्रदलाई भने गणना नगरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले सभामा थप हकप्रद निष्काशन प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६  र ७६/७७ को बोनस , हाल निष्काशन भईरहेको हकप्रद पश्चात कायम हुने १९२.९७ करोड चुक्तापुंजीको १:०.८५ को दरले हकप्रद निष्काशन गर्नेप्रस्ताव पेश गण लागेको हो । कम्पनीले निर्माण गरिरहेको ४० मेगावाटको माथिल्लो चमेलियाको लागि रकम जुटाउन हकप्रद निशाक्ष्ण गर्न लागेको हो ।

त्यस्तै सभामा कम्पनीमा विदेशी लगानीलाई सहज बनाउन आग्राधिकार शेयरको ब्यबस्था गर्नको लागि नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पेश हुने छ ।

कम्पनीले १६ औ साधारणसभाको लागि २०७६  चैत्र १ देखि २०७६ चौत र ७ गतेसम्म र १७ औ साधारणसभाको लागि मङ्सिर १ देखि साधारणसभाको अघिल्लो दिनसम्म बुक क्लोज गर्ने जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved