पहिलो दिन नै ३ लाखले भरे प्रभु लाईफ इन्स्योरेन्सको आईपिओ, कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 06:01:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाईफ इन्स्योरेन्स Prabhu Life Insurance Company  ले निष्काशन गरेको आईपिओमा पहिलो दिन १.७७ गुणा बढीको आवेदन परेको छ । आज सोमबार बेलुका ६ बजेसम्ममा ३ लाख ११ हजार ७४ जना आवेदकबाट ९६ लाख ९ हजार ५ सय ५० कित्ताको आवेदन परेको हो । 

कम्पनीले आज मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले  ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम  ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

आईपिओमा छिटोमा मङ्सिर २ गतेसम्म आवेदन दिन सकिने छ  कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्ने छ ।  

यो पनि : प्रभु लाइफको आईपिओ रिभ्यु: ३ वर्षपछि मात्र बोनस शेयर

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved